Logo

राजनीति

प्रधानमन्त्री कार्कीसँग सुधन गुरुङको भेट : जेनजी–सरकार सम्झौता छिटो टुंग्याउन आग्रह



काठमाडौं । ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले मंगलबार (मंसिर २३) प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्। भेटमा गुरुङले सरकार र जेनजी आन्दोलनबीच हुन लागेको सम्झौताका विषयमा प्रगतिबारे चासो व्यक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गुरुङले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौता प्रक्रियालाई शीघ्र टुंग्याई राष्ट्रपति समक्ष हस्ताक्षर गराउनुपर्ने आवश्यकता औंल्याए। साथै, आन्दोलनमा सहभागिता जनाएका युवामाथि प्रहरीले गरेको धरपकड, धरौटी रकम अभावले कतिपयलाई पुर्पक्षका लागि थुनामा राखिएको समस्याबारे पनि उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : २३ बजे