Logo

मुख्य समाचार

दैलेखमा छोरीद्वारा बुबाको हत्या



दैलेख। दैलेखको नौमुले गाउँपालिका–५ गजमालीमा छोरीले बुबामाथि चिर्पट प्रहार गरी हत्या गरेको घटना सार्वजनिक भएको छ। २७ वर्षीया तिर्सना रामजालीले आफ्ना ६५ वर्षीय बुबा धनबहादुर रामजाली मगरमाथि चिर्पटले प्रहार गरेपछि घाइते भएका धनबहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि तिर्सनालाई सोमबार इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ परेकी तिर्सनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  २ : ११ बजे