काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारलाई चुनाव केन्द्रित मात्र भनेर कमजोर नठान्न चेतावनी दिएकी छन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले सुशासनका एजेन्डा लिएर तीव्र गतिमा काम गरिरहेको स्पष्ट गरिन्।
उनका अनुसार अहिलेको अन्तरिम सरकार ‘जेनजी आन्दोलन’बाट आएको जनअपेक्षाको आधारमा बनेको हो र त्यसका मागअनुसारका सुधारहरू कार्यान्वयनमा समय लागे पनि सरकारले कठोर कदम चाल्न पछि नहट्नेछ। भ्रष्टाचारविरुद्ध आवश्यक राज्य संयन्त्र सक्रिय भइसकेको उनको भनाइ थियो।
कार्कीले यस क्रममा सरकारका कदमबाट आत्तिएका कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिने गरेको उल्लेख गर्दै यस्तो दबाबमा नझुक्ने बताइन्। उनले सम्बन्धित निकायका पदाधिकारी तथा राष्ट्रसेवकहरूलाई व्यावसायिक स्वतन्त्रतासहित निर्भीक रूपमा काम गर्न आह्वान गरेकी छन्।










प्रतिक्रिया