काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना राजनीतिक मागसहित काठमाडौंमा ‘बृहत् प्रदर्शन’ सुरु गरेको छ। मंसिर २३ गते मंगलबार रत्नपार्क क्षेत्रमा राप्रपा नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रदर्शनपछि हुने सभामा अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। प्रदर्शन र सभाको नेतृत्व राप्रपा नेता ज्ञानेन्द्र शाहीले गरेका छन्।
राप्रपाले प्रदेश संरचना खारेज, हिन्दु, बौद्ध, किरात आदिसहितको ‘हिन्दु अधिराज्य’ स्थापना, संवैधानिक राजसंस्थाको पुनःस्थापना तथा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ। शाहीले उक्त मागका लागि देशभरका नागरिकलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको बताए।










प्रतिक्रिया