काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सन्दीप राना प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पाबाट प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा एकल सिफारिसमा परेका छन् ।
आसन्न फागुन २१ को निर्वाचनका लागि काँग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिको बैठकले युवा नेता रानाको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, पालिका सभापति, महाधिवेशन प्रतिनिधि तथा नेपाली काँग्रेसका विभित्र तहमा रहेका नेताहरुको उपस्थितिमा बसेको बैठकले रामपुर नगरपालिका ७ निवासी रानाको नाम एकल सिफारिस गरेको हो ।
राना नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य, महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन् ।
२३ मंसिर २०८२, मंगलबार
69
Shares








प्रतिक्रिया