काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनः सोही पदमा पुन स्थापित गरेकाे छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ढंगले र आवश्यक प्रक्रिया नपुर्याई पदबाट हटाइएको ठहर गर्दै सोमबार पुनस्र्थापना गर्ने आदेश दिएको हो ।
सर्वोच्चको उक्त आदेश पछि नेपाल न्युज बैंकसँगको टेलिफोन कुराकानीमा शाक्यले भने,‘ लामो समय सम्म न्यायको खोजीमा भौंतारीएको थिएँ । अब मलाई सर्वोच्च अदालतले न्याय दिएको छ । सर्वोच्चको फैसलापछि प्राधिकरणको नेतृत्व पुनः जिम्मेवारी पुर्वक सम्हाल्नेछु ।’ शाक्यले न्यायिक प्रक्रियाले ढिलो भए पनि अन्ततः सत्य स्थापित भएको महसुस गरेको बताए ।
सर्वोच्चको निर्णय ऊर्जामन्त्री कुलमान घिसिङका लागि ठूलो झट्का मानिएको छ, किनकि मन्त्रिपरिषदले उनीकै सिफारिसमा असोज ५ गते शाक्यलाई पदबाट हटाई मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
शाक्यले आफ्नो पेशागत भूमिकाबारे बताउँदै भने,“२०७३, ७४, ७५ सालतिर पनि मैले एक टिमका रूपमा उदाहरणीय काम गरेको थिएँ । आज पनि त्यही टिम स्पिरिटका साथ देशले चाहेको काम गर्छु भन्ने प्रतिबद्धता छ ।”
प्राधिकरणको नेतृत्व पुनः शाक्यले पाउने भएपछि प्राधिकरणभित्र शक्ति–सन्तुलन र नीतिगत निर्णयमा नयाँ मोड आउने अनुमान पनि गरिएको छ ।










प्रतिक्रिया