Logo

अर्थ

नेप्से ३.०२ अंकले घट्यो, कारोबार रकम ४.६६ अर्बमा सीमित



काठमाडौं । धितोपत्र दोस्रोबजारको मापक नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३.०२ अंकले घटेर २,६०६.६७ बिन्दुमा बन्द भएको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ५ अर्ब ३३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँमा खुम्चिएको छ ।

यस दिन कुल ३३१ कम्पनीको सेयर कारोबार भयो । तीमध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार भएका कम्पनीहरूमध्ये अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमै बढेको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो, जसको सेयर ५५ करोड ८६ लाख ६७ हजार रुपैयाँभन्दा बढीको किनबेच भयो । दोस्रो स्थानमा सागर डिस्टिलरी र तेस्रो स्थानमा पियोर इनर्जी परेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : ३५ बजे