काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरण सकिँदा पोखरा एभेन्जर्स शीर्ष चारमा स्थान बनाउन असफल भएको छ । यससँगै पोखरा एनपीएलका दुवै संस्करणमा प्लेअफमा नपुग्ने एक मात्र टोली बनेको छ ।
आइतबार (मंसिर २१) जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलपछि लिग चरण अन्त्य भएको हो । शीर्ष चारमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स क्रमैसँग स्थान बनाए । पुछारमा पोखरासहित कर्णाली, चितवन राइनोज र जनकपुर रहे । पोखरा यो सिजन पाँचौँ स्थानमा रह्यो ।
साबिक विजेता जनकपुर, कर्णाली र चितवनले पहिलो संस्करणमा प्लेअफ खेले पनि पोखरा भने पहिलो संस्करणमा सातौँ स्थानमा सीमित भएको थियो ।
दोस्रो संस्करणको प्लेअफ मंगलबार (मंसिर २३) सुरु हुँदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्नेछन् । बुधबार (मंसिर २४) काठमाण्डू र लुम्बिनीबीच इलिमिनेटर हुनेछ भने दोस्रो क्वालिफायर बिहीबार (मंसिर २५) हुने तालिका छ । फाइनल खेल शनिबार (मंसिर २७) आयोजना हुनेछ ।










प्रतिक्रिया