Logo

विचित्र संसार

चार महिनाको शिशु हत्या आरोपमा नेपाल प्रहरीका असई पक्राउ



काठमाडौँ। काठमाडौँको सिनामङ्गलमा आफ्नै चार महिनाको छोराको हत्या गरेको आरोपमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। कार्की घटनापछि फरार रहेकामा नागढुङ्गामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार कार्कीले सिनामङ्गलस्थित कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १२ : २६ बजे