Logo

खेलकुद

साफ महिला क्लब च्याम्पियनसिपमा आज दुई खेल हुने



काठमाडौं। साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज दुई खेल दिउँसो र साँझ दशरथ रंगशालामा हुनेछ। पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले भारतीय क्लब इस्ट बंगाल एफसीसँग दिउँसो २ बजे प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा ट्रान्सपोर्टको यो दोस्रो खेल हो। उसले उद्घाटन खेलमा पाकिस्तानी क्लब कराची सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। ट्रान्सपोर्ट भुटानी महिला लिगको उपविजेता टोली हो।

दोस्रो खेलमा कराची सिटी एफसी र बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी बीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ। दुवै टोलीको यो दोस्रो खेल हो। कराचीले पहिलो खेलमा ट्रान्सपोर्टसँग गोलरहित बराबरी गरेको थियो भने नस्रिनले एपीएफ फुटबल क्लबसँग ४–० को हार व्यहोरेको थियो।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ११ : ५४ बजे