Logo

मुख्य समाचार

सर्लाहीमा स्रोत नखुलेको १२ लाख भन्दा बढी नेपाली रुपैयाँसहित भारतीय पक्राउ



मलंगवा। सर्लाहीमा स्रोत नखुलेको १२ लाख भन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन्।
जिल्लाको ब्रह्मपुरी गाउँपालिका – ४, त्रिभुवननगरबाट आज दिउँसो स्रोत नखुलेको १२ लाख २९ हजारसहित एक भारतीय युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको सितामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत – २ का २९ वर्षीय धर्मेन्द्र महतो रहेका छन्। त्रिभुवननगर प्रहरी चौकीको पछाडिको मार्ग हुँदै बीआर – ३० – वाई – ३२८७ नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट एक हजार दरका ८ लाख १४ हजार, ५०० दरका ३ लाख ३५ हजार ५ सय, १०० दरका ७१ हजार २ सय र ५० दरका ८ हजार ३ सयसहित कुल १२ लाख २९ हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ११ : ३८ बजे