Logo

अर्थ

सुनको मूल्य ७ सयले वृद्धि, चाँदी २० रुपैयाँले घट्यो



काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता सुनको मूल्यमा उतार–चढाव देखिँदै आएको छ। असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो। गत बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ११ : १८ बजे