Logo

समाचार

हितेन्द्रदेव शाक्यका दुवै रिट न्यायाधीश सुवेदी–पौडेलको इजलासमा



काठमाडौं। नेपाल विद्युत् प्राधिकरण (नेवि प्र) का पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा दायर गरिएको पुरानो र नयाँ दुवै रिट सर्वोच्च अदालतमा न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ।

शाक्यलाई २०७८ सालमा कार्यकारी निर्देशक नियुक्त भएको केही महिनामै पदमुक्त गरिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा अहिलेसम्म फैसला जारी भएको छैन। हाल ऊर्जामन्त्री कुलमान घिसिङको कार्यकालमा आफूलाई पुनः पदबाट हटाइएको आरोप लगाउँदै शाक्यले अर्को रिट दायर गरेका छन्।

सर्वोच्चले नयाँ रिटलाई पहिलेकै रिटसँग जोडेर एकसाथ सुनुवाइ हुनेगरी सूचीमा राखेको छ। यस्तै, चार महिना कार्यकाल बाँकी रहँदै पदमुक्त गरिएको दाबी गर्दै घिसिङले दायर गरेको रिट पनि सोही इजलासमा एकसाथ पेशी तोकिएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ११ : १२ बजे