काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रयोग गरिने १०७ वटा चुनाव चिह्न तोकेको छ।
आयोगमा १२० राजनीतिक दलले निर्वाचनमा सहभागी हुने आवेदन दिएका थिए । तीमध्ये १०२ दललाई एकल रूपमा र १२ दललाई संयुक्त रूपमा चुनाव चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगमा हाल १४३ राजनीतिक दल दर्ता छन् भने निर्वाचनमा सहभागी हुने दलको सङ्ख्या ११४ रहेको छ ।
आयोगले पहिलो नम्बरमा ‘सूर्य’, दोस्रोमा ‘रुख’, तेस्रोमा ‘तारा’ र चौथोमा ‘घण्टी’ चुनाव चिह्न तोकेको छ । त्यसपछि क्रमशः हलो, ढल्केको छाता, साइकल, मादल, गिलास, हात जोडेको नमस्कार, मोटरसाइकल, घर, खुकुरी, चङ्गा, बाँसुरी, हात्ती, त्रिशूल, घोडालगायत चिह्न पनि समावेश गरिएका छन् ।
यस पटक कम्प्युटर किबोर्ड, मोबाइल, आवाज सुनिरहेको कान र आँखासँग सम्बन्धित चिह्नसमेत निर्वाचन प्रतीकका रूपमा प्रयोग गरिने आयोगले जनाएको छ । आयोगका अनुसार यी सबै चिह्नहरू उम्मेदवार पहिचान तथा मतदान प्रक्रियालाई सहज बनाउन तय गरिएको हो ।










प्रतिक्रिया