Logo

खेलकुद

एनपीएल अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हरायो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले पराजित गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो।

कर्णालीका बलरहरूले अन्तिम ओभरसम्म दबाब कायम राख्दै जनकपुरको ब्याटिङ लाइनलाई नियन्त्रणमा राखे। जितसँगै कर्णालीले प्रतियोगिताको अन्त्य सुखद बनाएको छ भने जनकपुर निर्धारित लक्ष्य नछुंदै पराजित हुन पुग्यो।

खेल दर्शकको राम्रो उपस्थिति र कडा प्रतिस्पर्धाबीच सम्पन्न भएको थियो।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ७ : १५ बजे