Logo

मुख्य समाचार

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव काठमाडौंमा, प्रधानमन्त्री र मन्त्रीहरूसँग भेटवार्ता



काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार आइतबार दिउँसो काठमाडौं आइपुगेकी छन् । उनी लुम्बिनीमा आयोजना हुने एक कार्यक्रम र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे बुझ्न नेपाल आएकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार महावार मंसिर २४ गते स्वदेश फर्किने कार्यक्रम छ । भ्रमणका क्रममा उनी सोमबार लुम्बिनी जाने र त्यहाँ एक सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । मंगलबार बिहान लुम्बिनीबाट काठमाडौं फर्किएपछि उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ ।

भेटमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र सहयोग, साथै भारतीय लगानीमा सञ्चालित परियोजनाको अवस्था सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । महावारले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि नेपाल–भारत द्विपक्षीय सम्बन्धबारे छलफल गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले महावारले कुनै पनि राजनीतिक दलका नेताहरूसँग भेटघाटका लागि समय नमागेको स्पष्ट गरेको छ । “उहाँको राजनीतिक दलका नेतासँग भेटवारartaको सम्बन्धमा हामीलाई कुनै जानकारी छैन,” मन्त्रालय स्रोतले भन्यो ।

उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटघाट गर्ने कार्यक्रम नरहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : २४ बजे