Logo

समाचार

संसद् पुनःस्थापनाको मागसहित नेपाली कांग्रेस सर्वोच्च पुगेको पुष्टि



काठमाडौं । संसद् पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार प्रमुख सचेतक र सचेतकहरूको हस्ताक्षरसहित संसद् पुनःस्थापनाको माग गर्दै पार्टीका तर्फबाट सर्वोच्चमा निवेदन दर्ता गराइएको हो।

कांग्रेसले यो निवेदन पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई वारेसमार्फत् पठाएको जनाएको छ। घिमिरेले संसद् विघटनसम्बन्धी विषयमा संवैधानिक र कानुनी जवाफदेहिताका लागि सर्वोच्चको निर्णय आवश्यक रहेको बताएका छन्।

यसअघि विभिन्न राजनीतिक दल, कानुन व्यवसायी तथा नागरिक समाजले पनि संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराइसकेका छन्।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : ४१ बजे