Logo

खेलकुद

कर्णालीले जनकपुरलाई जितका लागि १३० रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो।

कर्णालीका ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए। गुल्सन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८ रन जोडे। प्रियांक पंचाल (१६), विलियम बोसिस्टो (१५) र नजीबुल्लाह जाड्रान (१३) ले उल्लेखनीय योगदान दिए।

जनकपुरका बलर ललित राजवंशी र आदित्य महताले दुई–दुई विकेट लिए भने संगीथ कुरे, अनिलकुमार साह र माज सदाकतले एक–एक विकेट लिए।

छ खेलबाट दुई अंक मात्र बटुलेको कर्णाली अंकतालिकाको सातौँ स्थानमा छ, भने जनकपुर पनि छ खेलमा एक जितसहित पुछारमा रहेको छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : ०८ बजे