एजेन्सी । भारत भ्रमणमा आएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन स्वदेश फर्किएका छन् । भारत भ्रमण सकेर शुक्रबार अबेर राति उनी स्वदेश फर्किएका हुन् ।
मन्त्रीहरूको टोलीसहित बिहीबार साँझ दिल्ली आइपुगेका पुटिन २७ घण्टा भारत बसाइपछि रुस फर्किएका हुन् । पुटिन शुक्रबार राति करिब १० बजे रुस फर्किएका हुन् ।
उनले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरे र व्यापारिक मञ्चलाई सम्बोधन गरेका थिए । पुटिनको भ्रमणलाई भारतले विशेष महत्व दिएको थियो ।
पुटिनलाई भारतीय राष्ट्रपतिको भवन परिसरमा शुक्रबार बिहान २१ तोपको सलामी दिँदै स्वागत गरिएको थियो । त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।
पुटिनका लागि आयोजना गरिएको भिन्न भिन्न कार्यक्रममा मोदीलगायतले विभिन्न उपहारहरु प्रदान गरेका थिए । मोदीले पुटिनलाई चाँदीको चिया सेट, असमको राम्रो कालो चिया, भागवत गीता, कश्मीरी केसर, मार्बल चेस सेट, चाँदीको घोडालगायतका आकर्षक उपहार दिएका छन् ।(एएनआइ)










प्रतिक्रिया