Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष राशि
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

बृष राशि
मान(सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ।

मिथुन राशि
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

कर्कट राशि
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

सिंह राशि
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।

कन्या राशि
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

तुला राशि
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ।

बृश्चिक राशि
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। आँटेका काममा बाधा उत्पन्न हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला।

धनु राशि
महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। वादविवादमा अघि नसर्नुहोला। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।

मकर राशि
मिहिनेत परे पनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थोपार्जनका काममा समय बित्नेछ।

कुम्भ राशि
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ।

मीन राशि
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले भने काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ६ : ०५ बजे