Logo

राजनीति

चुनावमा सुरक्षा दिन सुरक्षा निकाय तयार, आयोग पनि अघि बढ्यो


१९ मंसिर २०८२, शुक्रबार  

0
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बोलाएको सर्वपक्षीय बैठकमा आगामी फागुन २१ गते हुने घोषणा भएको चुनावमा पूर्ण सुरक्षा दिन सुरक्षा निकाय तयार रहेको स्पष्ट पारिएको छ।

सरकार, राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको बैठकमा सुरक्षा व्यवस्थाबारे विस्तृत ब्रिफिङ दिइएको थियो। बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव सम्पन्न गराउन सबै सुरक्षा निकाय तयार रहेको घोषणा गरे।

उनका अनुसार निर्वाचन आयोगले पनि चुनाव गराउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। “आयोग आफू निर्धारित समयमै चुनाव सम्पन्न गर्न अघि बढिसकेको छ,” मन्त्री खरेलले भने।

यद्यपि, बैठकमा केही राजनीतिक दलहरूले सुरक्षाको अवस्था अझ प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। “केही दलहरूले सुरक्षा व्यवस्था अझ चुस्त र व्यवस्थित बनाउन आग्रह गरेका छन्, जुन स्वाभाविक र आवश्यक सुझाव हो,” मन्त्री खरेलले बताए।

सरकारले चुनावको शान्तिपूर्ण र सुरक्षित वातावरण निर्माण गर्न आवश्यक सबै कदम चालिने स्पष्ट पारेको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : ०२ बजे