धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले सुदूरपश्चिम र कर्णाली प्रदेशमा हवाई सेवाको कमजोरी पर्यटन विकासका लागि मुख्य चुनौती बनेको बताएका छन् ।
धनगढीमा आयोजित उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिम र कर्णाली दुबै प्रदेशमा दुर्गम भौगोलिक अवस्थाका कारण हवाई कनेक्सन न्यून भएको उल्लेख गर्दै प्रदेशगत दुर्गम हवाई सेवा लागू गर्न आवश्यक रहेको धारणा राखे ।
‘सुदूरपश्चिममा पर्यटनको लागि सबैभन्दा ठूलो तगारो यातायातको र दुर्गम क्षेत्र हुनाले हवाई कनेक्शन कम हुनु हो । हवाई कनेक्शन सुदूरपश्चिममा मात्रै होइन कर्णाली प्रदेशमा पनि त्यति नै ठूलो समस्या छ । त्यसकारण यो दुईवटै प्रदेशको सन्र्दभमा हामीले प्रादेशिक दुर्गम सेवा हवाई सेवा लागू गर्नुपर्छ भनेर पहल गरिरहेका पनि छौं । नेपाल एयरलाइन्सका चारवटा जहाज थन्किएर बसेका छन्, ती जहाजलाई परिचालन गरेर दुर्गम प्रदेशमा नियमित सेवा विस्तार गर्न सकिन्छ,’ बस्नेतले भने ।
उनले राजनीतिक परिवर्तनका सन्दर्भमा नेपालमा इतिहासकै विभिन्न चरणमा शासन प्रणालीले जनअपेक्षा पूरा गर्न नसक्दा आन्दोलनका माध्यमबाट पद्धति परिवर्तन हुने गरेको बताए । भदौ २३ र २४ गतेको आन्दोलन पनि त्यही असन्तुष्टिको परिणाम भएको उल्लेख गर्दै उनले सेवा भावनासहित एजेण्डा आधारित राजनीति अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘नेपालको इतिहासको विभिन्न कालखण्डमा जब शाषकिय पद्धतिको जनताको अपेक्षा अनुसार काम गरेर त्यो पद्धति परिवर्तन भएको छ । त्यो प्रस्थानविन्दु जति–जति नयाँ मान्छे आउँछ त्यति नै नयाँ विरोध गरेका नेतृत्वले शासन पद्धति सञ्चालन गर्छन् । त्यहि किसिमको पेसागत राजनीति हुन्छ । त्यसकारण गत भदौंको २३,२४ को आन्दोलन पनि त्यही कारण भएको हो । अब त्यसलाई सुधार्न हामीले के गर्ने भन्दाखेरि अब सेवाको भावनाले हामीले एजेण्डावेश कार्यक्रमहरु अगाडि बढ्नुपर्छ ।’










प्रतिक्रिया