Logo

राजनीति

राप्रपाद्वारा मंसिर २३ मा काठमाडौंमा बृहत् प्रदर्शनको घोषणा


१९ मंसिर २०८२, शुक्रबार  

92
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेको छ।

शुक्रबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञानेन्द्र शाहीले प्रदर्शन व्यापक रूपमा आयोजना गरिने बताए। उनले आन्दोलन राप्रपाको मात्र नभई व्यापक जनभावनासँग जोडिएको दाबी गर्दै सबैलाई सहभागिताका लागि आह्वान गरे।

उनका अनुसार प्रदर्शनका मुख्य एजेण्डामा प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था माग तथा धर्मसम्बन्धी पहिचानका विषय रहेका छन्।

राप्रपाले संविधानमा व्यापक सुधार आवश्यक रहेको बताउँदै दीर्घकालीन राजनीतिक व्यवस्थाका लागि गोलमेच सम्मेलनको प्रस्ताव अघि सारेको छ। राजसंस्थाको समर्थन गर्दै आएको पार्टीले राजा देशको साझा प्रतीक भएको पुनः दोहोर्‍याएको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  २ : ०४ बजे