Logo

खेलकुद

काठमाडौंमा आजदेखि साफ महिला क्लब च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेड भिड्दै


१९ मंसिर २०८२, शुक्रबार  

138
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा साफ महिला क्लब च्याम्पियनसिप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन शुक्रबार अपराह्न २ बजे हुनेछ।

दक्षिण एसियाका पाँच राष्ट्रका महिला लिग च्याम्पियन टोली सहभागी प्रतियोगितामा आज दुई खेल हुनेछन्। उद्घाटन खेलमा पाकिस्तानी टोली कराची सिटी एफसी र भुटानी टोली ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो खेल साँझ ६ बजे घरेलु टोली सशस्त्र प्रहरी बल (एपीएफ) एफसी र बंगलादेशी टोली नस्रिन स्पोर्ट्स एकेडेमीबीच हुनेछ।

प्रतियोगितामा पाकिस्तानको कराची सिटी एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भारतको इस्ट बंगाल एफसी र नेपालको एपीएफ फुटबल क्लब सहभागी छन्। सहभागी सबै टोली आफ्ना-आफ्ना राष्ट्रिय महिला लिगका च्याम्पियन हुन्।

डिसेम्बर २० सम्म चल्ने प्रतियोगिता ‘सिङ्गल राउन्ड रोबिन’ आधारमा सञ्चालन हुनेछ, जसमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १२ : ३२ बजे