काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ सात मन्त्रीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल लिएर दुईदिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै स्वागत गरेका हुन् ।
मोदीको निमन्त्रणामा आयोजना भएको २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनका क्रममा रक्षा सहयोग विस्तार, द्विपक्षीय व्यापार, बाह्य दबाबबाट व्यापार जोगाउने उपाय र साना मोड्युलर परमाणु रिएक्टरमा सहकार्यका विषयमा छलफल हुने जनाएको छ । बन्द कोठासहित दुई बैठक हुने र २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ ।
आज बिहान राष्ट्रपति भवनमा पुटिनलाई राजकीय स्वागत गरिएको छ । त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नेछन् । हैदराबाद हाउसमा शिखर सम्मेलन सम्पन्न हुनेछ भने साँझ दुवै नेताले एक व्यापारिक फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यसै क्रममा प्रधानमन्त्री मोदीले पुटिनलाई रूसी भाषामा अनुवाद गरिएको ‘भगवद् गीता’को एक प्रति उपहार दिएका छन् ।










प्रतिक्रिया