Logo

खेलकुद

चितवनलाई सुदूरपश्चिमको १७० रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन बनाउन सफल भए ।

ओपनर विनोद भण्डारी २१, इशान पाण्डे १, पुनिट मेहरा १३, हर्मित सिंह १ रनमा आउट भए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ६ : १९ बजे