Logo

विश्व

श्रीलंकामा चक्रवातबाट मृत्यु ४७९, थप ३५० बेपत्ता



कोलम्बो। श्रीलंकामा हालै आएको चक्रवातका कारण मृत्यु संख्या ४७९ पुगेको छ भने ३५० जना अझै बेपत्ता रहेको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले बिहीबार जनाएको छ। विपद्ले राष्ट्रव्यापी रूपमा ४ लाख ५५ हजार ४०५ परिवारका झन्डै १६ लाख मानिस प्रभावित भएका छन्।

डीएमसीका अनुसार चक्रवात र त्यसपछि उत्पन्न मौसमी विपद्का कारण १,२८९ घर पूर्ण रूपमा ध्वस्त भएका छन्। साथै ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ। कृषि सेवा विभागका १,७७७ पानीका ट्यांकी, ४८३ बाँध, १,९३६ नहर तथा ३२८ सडक संरचना क्षतिग्रस्त भएका छन्।

सहायताको लागि एशियाली विकास बैंकले श्रीलंकालाई ३० लाख अमेरिकी डलर बराबरको आपतकालीन अनुदान स्वीकृत गरेको छ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ६ : १४ बजे