काठमाडौं। काठमाण्डू गोर्खाजका बलर साहब आलम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेलको दोस्रो इनिङ्सको अन्तिम ओभरमा उनले लगातार तीन बलमा तीन विकेट लिएर इतिहास रचेका हुन्।
आलमले ओभरको पहिलो बलमा ऋषी धवन, दोस्रो बलमा विपिन खत्री र तेस्रो बलमा आकाश चन्दलाई आउट गरेका थिए। उनको यो प्रदर्शन एनपीएल-२ को अबसम्मकै पहिलो ह्याट्रिक हो।










प्रतिक्रिया