Logo

खेलकुद

शर्टको अर्धशतक, लुम्बिनी विराटनगरविरुद्ध बलियो स्थितिमा



काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भइरहेको खेलमा लुम्बिनी लायन्सका ओपनर डी’एर्सी शर्टले अर्धशतक पूरा गरेका छन्।

विराटनगर किंग्सले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा शर्टले ३९ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन जोडे। यो जारी प्रतियोगितामा उनको पहिलो अर्धशतक हो।

१३ ओभरको समाप्तिमा लुम्बिनीले ३ विकेट गुमाएर ११० रन बनाएको छ। शर्टसँगै क्रिजमा निरोसान डिकवेला १५ रनमा खेलिरहेका छन्।

यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रनको योगफल खडा गरेको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : १२ बजे