Logo

खेलकुद

विराटनगरविरुद्ध लुम्बिनी फिल्डिङमा, जित्नैपर्ने दबाबमा लायन्स



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले টस जितेर विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएको छ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेपछि फिल्डिङ रोजेका हुन्। प्लेअफको सम्भावना कायम राख्न लुम्बिनी यो खेलमा जित्नैपर्ने दबाबमा छ।

अंक तालिकाको छैटौँ स्थानमा रहेको लुम्बिनीले अहिलेसम्म सातमध्ये पाँच खेल खेल्दै दुई जित र तीन हारसहित चार अंक जोडेको छ। यता, तेस्रो स्थानमा रहेको विराटनगरले पाँच खेलबाट चार जित र एक हारसहित आठ अंक बनाएको छ।

यो खेल दुवै टिमका लागि महत्त्वपूर्ण मानिएको छ, विशेषगरी प्लेअफ दौडमा आफूलाई मजबुत बनाउन लुम्बिनीको लागि यो ‘कर–वा–मर्न’ जस्तै खेल बनेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ३ : ५६ बजे