Logo

राजनीति

मंसिर २३ को आन्दोलन तयारीका लागि राप्रपाको बैठक, शाही संयोजक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही मंसिर २३ गते हुने आन्दोलनको तयारीलाई तीव्र बनाउन आयोजक समितिको बैठक बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा अध्यक्ष राजेन्द्र लिंदेनसहित शीर्ष नेताहरू सहभागी छन् ।

राप्रपाले प्रवक्ता ज्ञानबहादुर शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकेको छ । पार्टीका अनुसार जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा राजा, राजनीतिक दल र आम जनताबीच ‘नवीन समझदारी’ कायम गर्न दबाब दिने उद्देश्यले आन्दोलन घोषणा गरिएको हो ।

राप्रपाले मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी पाँच बुँदे ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा आगामी निर्वाचनअघि सर्वपक्षीय सहमति निर्माण गर्नुपर्ने र भविष्यमा सडक आन्दोलन गर्नुपर्ने अवस्था नआउने वातावरण बनाउँदै चुनावमा जानुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १ : ५९ बजे