काठमाडौं— एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई हात पर्न सकेन । फाइनलमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)सँग २७ रनले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको छ ।
अजमानस्थित करवान मैदानमा भएको फाइनल खेलमा यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमै १२० रनमा अलआउट भयो । नेपालका कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए । आशिष लुहार र रोशन विश्वकर्माले २५–२५ रन जोडे । अन्य कुनै ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
यूएईका युग जै शर्मा र अली असगर शम्सले समान तीन–तीन विकेट लिएर नेपाली ब्याटिङ क्रमलाई धरासायी बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएई ४५.५ ओभरमा १४७ रनमा समेटिएको थियो । यूएईका लागि अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले ६ विकेट लिए भने अपराजित पौडलले दुई तथा अशोक धामी र नितेसकुमार पटेलले एक–एक विकेट लिए ।










प्रतिक्रिया