काठमाडौं — यूएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले उपाधि जित्न १४८ रनको लक्ष्य पाएको छ।
अजमानस्थित करवान मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ४५.५ ओभरमा १४७ रनमा अलआउट भयो। यूएईका लागि अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए।
नेपालका दयानन्द मण्डलले ६ विकेट लिँदा अपराजित पौडलले २ विकेट लिए। कप्तान अशोक धामी र नितेश कुमार पटेलले समान १–१ विकेट हात पारे।
फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली यसअघि नै यू–१९ एसिया कपका लागि छनोट भइसकेका छन्। नियमअनुसार फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुन्छन्।
सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ। उक्त खेलमा विजयी हुने टोलीले पनि एसिया कपमा स्थान बनाउनेछ। तेस्रो स्थानका लागि आजै मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ।
१४ टोली सहभागी रहेको यस प्रतियोगिताबाट छनोट हुने यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै आयोजना गरिने छ।










प्रतिक्रिया