बाजुरा । धनगढीबाट वेपत्ता भएका बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी भेटिएका छन् । अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्दै आएको जैशी गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए ।
कोठाबाट निस्किएको दिनदेखि वेपत्ता रहेका उनी आज फेला परेको उनका आफन्त दाजु धर्म जैशीले जानकारी दिए ।
उनका अनुसार वेपत्ता बालकलाई दिपायल डोटीमा फेला पारेको जानकारी दिए ।
डोटीको पिपल्ला बजार सनलाइट होटलका साहुजी रमेश बमसँग सहि सलामत उनी फेला परेका हुन् । वेपत्ता बालकलाई देख्ने बित्तिकै खबर गर्ने होटलका साहुजीलाई आफन्तले धन्यवाद दिएका छन् ।
साथै खोजी कार्यमा सहयोग गर्ने सम्पुर्ण मिडियाकर्मि, आफन्तजन, नेपाल प्रहरी लगायत सम्पुर्णमा बालकका दाजु धर्म जोशीले धन्यवाद दिएका छन् । बालक धनगढीस्थित पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत छन् ।










प्रतिक्रिया