Logo

समाचार

बारामा घाँटी रेटेर एक पुरुषको हत्या


१२ मंसिर २०८२, शुक्रबार  

0
Shares

रौतहट । बारामा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर–२ निवासी अन्दाजी ४२ वर्षीय राम किशोर सिंहको शुक्रबार प्रसौनी गाउँपालिका–६ भलुही चौक नजिकमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । सो गाउँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए  ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय प्रसौनीको टोली पुगेको थियो । घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयवासीसँग बयान लिने कार्य गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरी घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ । तालिम प्राप्त कुकुर परिचालन गरी सूक्ष्म अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मृतक सिंह प्रसौनीस्थित किरण बिग्रेज नेपाल प्रालिका व्यवस्थापक रहेको प्रहरीले जनाएको छ । नेपाल–भारत सिमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको र छिट्टै दोषीहरू पक्राउ पर्ने बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए । घटनास्थल वीरगञ्जबाट करिब १० किलोमिटर पूर्व कलैया– वीरगञ्ज सडकखण्डमा पर्छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ३६ बजे