काठमाडौं – देशभर सुनको मूल्य आज तोलामा २२ सय रुपैयाँले बढेर दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ४ सय रुपैयाँले घट्दै दुई लाख ४८ हजार ४ सय रुपैयाँमा झरेको मूल्य आज पुनः उक्लिएको हो।
गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुई लाख ५८ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि निरन्तर वृद्धि हुने क्रम जारी रहेको छ। आज तोलामा ६५ रुपैयाँले बढ्दै तीन हजार ३४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।










प्रतिक्रिया