काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा प्रदेशस्तरीय सन्देश सभा सुरु गरेको छ। पार्टी गठनपछि पहिलोपटक आयोजना गरिएको प्रदेशस्तरीय सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टीले प्रदेशगत सन्देश सभा क्रमशः अन्य प्रदेशहरूमा पनि सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। यसअनुसार लुम्बिनी प्रदेशको देउखुरीमा मंसिर १३ गते, गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते, कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ। त्यस्तै कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १८ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते र बागमती प्रदेशको हेटौँडामा मंसिर २३ गते सभा आयोजना हुने जनाइएको छ।










प्रतिक्रिया