Logo

समाचार

बाजुराका एक बालक धनगढीबाट बेपत्ता, खोजीकार्यका लागी आग्रह


१२ मंसिर २०८२, शुक्रबार  

23
Shares

बाजुरा । बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन्। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् ।

अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका १ शिवनगर बस्दै आएकोमा गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन्।

उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए । उनको खोजीकार्य भैरहेको भएपनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको वेपत्ताका आफन्त महेश जैशीले बताए ।

उनका अनुसार वेपत्ता बालकको खोजीको लागी प्रहरी समक्ष निवेदन सहित खोजतलासको लागी आग्रह गरिएको समेत बताए । साथै जो कोहीले  पनि खोजी गरिदिन हुन आग्रह गरेका छन्।

बेपत्ता जोशीलाई कोही कसैले भेटाएमा सम्पर्क नम्बर ९७६८४९२४००,९७६६९७०८२१२ र ९७६६५५८७६५ सम्पर्क गरि सहयोग गरिदिन हुन  आफन्तले आग्रह गरेका छन्। खोजिमा सहयोग गर्न अपिल गर्दै जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीमा समेत जानकारी गराईएको छ । तर बालकको खोजी कार्य जारी भए पनि अहिलेसम्म भेटाउन सकिएको छैन्।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ८ : ४१ बजे