काठमाडौं । संयुक्त अरब इमिरेट्समा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले हङकङसमक्ष २७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७० रन जम्मा गर्यो।
नेपालका कप्तान अशोक धामीले ७३ रनको अर्धशतकीय पारी खेले भने दर्श सोनार ४५ रनमा अविजित रहे। दिलसाद अलिले ३६ रन जोडे। धामी र सोनारबीच १०८ रनको साझेदारी भयो। हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले दुई–दुई विकेट लिए।
लगातार दोस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि ८ विकेटको जित निकालेको थियो। १४ टोली सहभागी प्रतियोगितामा चारै समूहका विजेताले सेमिफाइनल खेलनेछन्। प्रतियोगिताबाट शीर्ष तीन टोली एसिया कपका लागि छनोट हुनेछन्।










प्रतिक्रिया