Logo

समाचार

ब्रिजवाटर एजुकेशन फाउण्डेशनद्वारा तीन व्यक्तित्व सम्मानित



काठमाडौं । ब्रिजवाटर एजुकेशन फाउण्डेशनले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका तीन व्यक्तित्वलाई सम्मान गरेको छ। सिनामंगलस्थित फाउण्डेशन परिसरमा आयोजित वार्षिक अभिनन्दन समारोहमा कवि तथा प्रस्तोता डा. नवराज लम्साल, कलाकार दीपकराज गिरी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सीए मनोज ज्ञवालीलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका मुख्य अतिथि पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले फाउण्डेशनले स्थापित गरेको सम्मान परम्पराको प्रशंसा गर्दै निरन्तरताका लागि शुभकामना व्यक्त गरे। फाउण्डेशनका अध्यक्ष दीपक पाण्डेले सम्मानित व्यक्तित्वहरू समाज तथा राष्ट्रका लागि प्रेरणादायी भएको बताए।

फाउण्डेशनका प्राचार्य कृष्ण पौडेलले महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्य संस्थाको पहिचान बनेको उल्लेख गर्दै नवागन्तुक विद्यार्थीलाई स्वागत तथा उत्तीर्ण विद्यार्थीलाई बिदाइ शुभकामना व्यक्त गरे। कार्यक्रममा सहायक प्राचार्य विष्णु शर्माले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  २ : ०४ बजे