काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेटमैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले २० ओभरमा १४३ रनमै समेटियो।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाएर टोलीको पारी सम्हाल्ने प्रयास गरे। उनले दिलीप नाथसँग तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए। दिलीपले २९ बलमा ३१ रन जोडे। ओपनर डी’एर्सी शर्ट र सुमित महर्जनले समान १८–१८ रन बनाए। विदेशी अलराउन्डर गुलबद्दिन नैब ११ रनमै सीमित भए भने रुबेन ट्रम्पेलमन शून्यमै आउट भए।
सुदूरपश्चिमका अभिनाश बोहराले ३ विकेट लिँदै २६ रन खर्चिए। हर्मित सिंहले ३.४ ओभरमा २२ रन दिएर ३ विकेट झारे। हेमन्त धामीले २ तथा स्कट कुग्गेलिनले १ विकेट लिए।










प्रतिक्रिया