काठमाडौं । नेपाली कांग्रेस नेता डा. सुनिल शर्माले न्याय सम्पादनमा पक्षपात देखिए गम्भीर सुरक्षा चुनौती उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बुधबार नख्खु कारागार पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले अदालतमा देखिएको आगजनी भविष्यमा मानवक्षतिसहितको घटनामा रूपान्तरित हुन सक्ने बताए।
उनका अनुसार समान प्रकृतिका मुद्दामा फरक व्यवहार देखिनु न्याय प्रणालीप्रति अविश्वास बढाउने कारक बनेको छ। उनले एमाले र माओवादी कार्यकर्तालाई छुट दिइने तर एउटै व्यक्तिमाथि कडा कारबाही गर्ने प्रवृत्ति अन्यायपूर्ण रहेको टिप्पणी गरे।










प्रतिक्रिया