काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय चार दिन थप गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दर्ता अवधि मंसिर १४ गतेसम्म कायम गरिएको हो।
यसअघि दल दर्ताको अन्तिम मिति बुधबारसम्म तोकिएको थियो। आयोगले चुनावी तयारीलाई सहज बनाउन समयावधि थपिएको स्पष्ट गरेको छ।










प्रतिक्रिया