Logo

मुख्य समाचार

‘उज्यालो नेपाल’ र ‘हाम्रो नेपाल’ पार्टीले साझा चुनाव चिह्नमा सहमति



काठमाडौं। ‘उज्यालो नेपाल पार्टी’ र खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो नेपाल’ पार्टीबीच आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको छ।

बुधबार भएको समझदारीअनुसार दुवै पार्टीले बिजुलीको चिमलाई साझा चुनाव चिह्नको रूपमा प्रयोग गर्ने भएका छन्।

सहमति भएपछि दुवै पार्टीले निर्वाचन आयोगमा संयुक्त रुपमा चुनाव चिह्न दर्ताका लागि निवेदन पेश गरेका छन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : ४९ बजे