सुर्खेत । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले मुलुक संघीयतामा गएको सात बर्षपछि आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
पालिकाको प्रशासनिक भवन निर्माण कार्य सकिएसंगै मंगलबारदेखि नयाँ भवनबाट सेवा सुरु गरिएको हो । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले आठ हजार वर्गमिटर जग्गा निशुल्क दिएका थिए ।
गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लागत साझेदारी गरी ७ करोड ८८ लाख ४४ हजार ९ सय ४८ मा भवन निर्माण भएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालले बताए । सभा हलसहित ३ तले भवनमा २२ कोठा रहेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भवन उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले नागरिकको सबैभन्दा नजिकको सरकार पूर्वाधार र जनशक्तिका हिसाबले पूर्ण हुन सकेमात्र नागरिकले प्रभावकारी सेवा पाउने बताए ।
गाउँको बिकासका रागि सबै दलहरु राजनितीभन्दा माथि उठ्नु पर्ने उनको भनाई छ । ‘बिकासमा प्रतिष्पर्धा गर्न सके मात्र गाउँले काँचुली फेर्न सक्छन्’ उनले भने, ‘बिकास रोक्नका लागि राजनिती होइन कि बिकास गर्नका लागि प्रतिष्पर्धा गरौ ।’










प्रतिक्रिया