काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित तयारी तीव्र पारेको छ। पार्टीले समानुपातिक तर्फका उमेदवार छनोट प्रक्रिया अघि बढाउँदै आवेदन आह्वान गरेको छ।
उमेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यका अनुसार समानुपातिक उम्मेदवारीका लागि पार्टीमा आवेदन दिने क्रम बढिरहेको छ। रास्वपाले समानुपातिक उमेदवारका लागि ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको छ भने विपन्न आवेदकका लागि छुट्टै व्यवस्था गरिएको छ।
चुनावी तयारीअन्तर्गत पार्टीले औपचारिक तथा अनौपचारिक बैठकलाई तीव्रता दिएको छ। रास्वपाले उम्मेदवार छनोटमा संविधान, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, तथा पार्टी विधानलाई आधार बनाउने र समावेशी लोकतन्त्र, संघीय सन्तुलन, आचार–नीति, नवोदय नेतृत्व तथा मापनयोग्य वस्तुपरकतालाई अतिरिक्त मानकका रूपमा लागू गर्ने जनाएको छ।
सहमहामन्त्री आचार्यले चुनाव नजिकिँदै जाँदा साना दलमा देखिएको ध्रुवीकरणको विपरीत रास्वपा भने योग्य उमेदवार छनोट र पार्टीमा नयाँ व्यक्ति जोड्न केन्द्रित रहेको जानकारी दिए।










प्रतिक्रिया