Logo

अर्थ

एचआईडीसीएलका डीसीईओ (वित्त)मा ऋषिराम पण्डित नियुक्त



काठमाडौं — हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ऋषिराम पण्डितलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ)–वित्त पदमा नियुक्त गरेको छ। कम्पनीका प्रमुख प्रबन्धक रुपेश भण्डारीका अनुसार पण्डितको नियुक्ति मंसिर ७ गतेदेखि कार्यान्वयनमा आउने छ।

कम्पनीले पण्डितलाई औपचारिक प्रक्रिया पूरा गरी उक्त पदमा जिम्मेवारी दिएको जनाएको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १ : ३६ बजे