Logo

समाचार

डीआईजी मनीष थापा सशस्त्र प्रहरी प्रवक्ता नियुक्त



काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनीष थापालाई तोकेको छ।

यसअघि उक्त जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले सम्हालेका थिए। उनी ३० वर्षको सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन्।

धौवजीको अवकाशपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आइतबारबाट डीआईजी थापालाई सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ८ : ११ बजे