काठमाडौं — सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ।
अधिवक्ता डा. प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीले प्रधानमन्त्री कार्कीविरुद्ध अदालत अवहेलना मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भएको थियो।
सुनुवाइका क्रममा अदालतले प्रधानमन्त्री कार्कीलाई लिखित जवाफ पेश गर्न आदेश दिँदै सोधेको छ, “तपाईँलाई अदालतको अवहेलना मुद्दामा कारबाही किन नगर्ने?”
प्रधानमन्त्री कार्की पूर्व प्रधानन्यायाधीशसमेत रहिसक्दा पनि उनीविरुद्ध अदालतले लिखित जवाफ मागेको यो पहिलो घटना हो।










प्रतिक्रिया