Logo

राजनीति

नेपाली कांग्रेसले दल दर्ता गरायो, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनमा सहभागिता सुनिश्चित



काठमाडौं – नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन दल दर्ता गराएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्।

नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको हो। हिजोमात्रै पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो।

यसैबीच, एमालेले अहिलेसम्म प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छैन। तर, राष्ट्रियसभाको निर्वाचनका लागि भने दल दर्ता गराइसकेको छ।

एमालेले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापनाका लागि हस्ताक्षर संकलन गर्ने काम सुरु गरेको छ। पार्टीले न्यायिक प्रक्रियामा जान महेश बर्तौला र सुनिता बराललाई जिम्मा दिएको छ।

यद्यपि, एमाले नेतृत्वले निर्वाचनमा भाग लिन तयार रहेको जनाएको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, निर्वाचनको वातावरण बनेको खण्डमा पार्टी जहिले पनि निर्वाचनमा सहभागी हुन तयार छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १ : ४८ बजे